९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक

 बिहिबार, भदौ ९ २०७९  

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्न लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९९५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढ्दा मृत्यु हुनेको संख्या पनि थपिँदै गएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९ लाख ९६ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ९ लाख ७९ हजार ९३८ जना निको भइसकेका छन् ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २९८ रहेको छ ।

प्रतिक्रिया सबै