९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

अल्फाबिटाको अवैध संरचनामा बालेनले चलाए डोजर

 बिहिबार, भदौ ९ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा डोजर चलाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेपछि उक्त अवैधा संरचनामा महानगरले डोजर चलाएको हो ।

त्यस क्रममा अल्फाबिटाका प्रतिनिधिले मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा अल्फाबिटाका प्रतिनिधिले उल्टो महानगरमा हुनुपर्ने बताए । त्यस क्रममा चर्काचर्की पनि भएको थियो ।

विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेपछि अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर, महानगरको टोलीले त्यसलाई नसुनी अवैध रुपमा हालेको सटर हटाएको हो । फर्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रुपमा बनाएको संरचनामा जोडर चलाएको हो ।

 

अल्फाबिटाको भुईंतल्लामा अल्फा केयर फार्मेसी, कफी सप लगायतका व्यवसाय सञ्चालन भैरहेका छन् । काठमाडौं महानगरले अल्फा बिटाको भुईतल्लाको नक्सा पार्किङका लागि पास भएको भन्दै भत्काउने निर्णयमा पुगेको हो ।

यो पनि

बानेश्वरमा बालेन जंगिए : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ? (भिडियो)

 

प्रतिक्रिया सबै