३ असार २०८१, आईतवार Sunday 16 June, 2024

झलनाथ खनाल इलाम–१ बाट उम्मेदवार सिफारिस

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (एस)का सम्मानित नेता झलनाथ खनाल इलाम–१ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस भएका छन् ।

आगामी ४ मंसिरमा हुन गइरहेको संघीय संसद र प्रदेश सांसदको उम्मेदवार सिफारिस गर्न बसेको जिल्ला समिति बैठकले इलाम–२ का लागि युवा संघका महासचिव सन्जिप राईलाई सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनका लागि प्रदेश–१ को (क) र (ख)का लागि जिल्ला अध्यक्ष भक्त केसी, बृहस्पति खतिवडा, सावित्रा गर्तौला, खिनु, लङगुवा, जीतबहादुर राईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।

यसैगरी, प्रमिला बस्नेत, सोम शर्मा हरि वालालगायतलाई भने क्षेत्र नम्बर–२ (क) र (ख)का लागि नाम सिफारिस गरिएको नेकपा एसले जनाएको छ ।

प्रतिक्रिया सबै