३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

एकीकृत समाजवादीले १५ भदौभित्र उम्मेदवार टुंगो लगाउने

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ ।​ आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसिमा छुटाएको हो ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले १० भदौभित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।
उनका अनुसार क्षेत्रीय कमिटीले १० भदौ भित्र नाम सिफारिस गरेर जिल्लामा पठाए पछि जिल्ला कमिटीले १५ भदौ भित्र प्रदेश कमिटीलाई पठाइसक्ने गरी कार्यतालिका बनाइएको छ ।

प्रदेश कमिटीले १५ भदौमा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि २० भदौमा सो पार्टीको केन्द्रिय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ ।

यसरी टुंगो लगाइएका उम्मेदवारहरूलाई सत्तारुढ गठबन्धनको बाँडफाँडबाट अनुसार गठबन्धनबाट उम्मेदवार घोषणा गरिने उनको भनाई छ ।

 

प्रतिक्रिया सबै