१० असार २०८१, आईतवार Sunday 23 June, 2024

महाअभियोग सिफारिस समितिले माग्यो प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धका प्रमाण

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपका प्रमाणहरू माग गरेको छ ।

समितिको सचिवालयले शुक्रबार सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो ।

समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवाला सँग प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार समितिले प्रमाण र कागजात माग गरेको हो ।

समितिको नम्बर ०१-४२००१२८, ०१-४२००२३१ र इमेल: [email protected] मार्फत पनि प्रमाण, कागज तथा सुझाव उपलब्ध गराउन सकिने सचिवालयले जनाएको छ ।

चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग प्रस्ताव अहिले प्रतिनिधि सभाबाट गठित सिफारिस समितिमा पुगेको छ । समितिले काम अघि बढाएको छ । यही भदौ १५ गते चोलेन्द्रसँग सोधपुछ गर्ने मिति तय गरेको छ ।

प्रतिक्रिया सबै