३ असार २०८१, आईतवार Sunday 16 June, 2024

कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौं । कपिलवस्तुमा गोली हानी एक जनाको हत्या भएको छ ।

शुक्रबार दिउँसो अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको हत्या भएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुका डीएसपी जेसी साहले मायादेवी गाउँपालिका ६ का ५० वर्षीय घुरहु पासीमाथि गोली प्रहार भएको बताए ।

घटनास्थलमा प्रहरीको टोली पुगेको र थप अनुसन्धान भइरहेको उनले बताए । गोली लागेर गम्भीर घाइते भएका घुराहुलाई तौलिहवा अस्पताल लगिएको थियो ।

प्रतिक्रिया सबै