३१ जेष्ठ २०८१, बिहीबार Thursday 13 June, 2024

मधेस सरकारले निहारिकालाई ५ लाख सहयोग गर्ने

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौं । मधेस प्रदेश सरकारले न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मधेस प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि संघर्ष गरिरहेकी निहारिकालाई रु ५ लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।

निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा सो रकम सहयोग गरिएको उनले बताए । न्यायाधिवक्ता कार्यालयबाट निहारिकालाई आवश्यक सहयोगसमेत प्रदान गरिने उनको भनाई छ ।

प्रतिक्रिया सबै