१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

केन्या विरुद्धको दोस्रो टी-२० मा नेपाल पराजित

 शुक्रबार, भदौ १० २०७९  

काठमाडौं । केन्याले नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा जित निकालेको छ । शुक्रबार भएको खेलमा केन्याले नेपाललाई १८ रनले हराएको हो ।

नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १३३ लनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सम्पुर्ण विकेट घुमाउँदै मात्र ११४ रन बनायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन बनाएका थिए ।

आदील अन्सारी र रोहित पौडेलले २०/२० रनको योगदान गरे भने पवन सर्राफ १९ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ८ जोडे । केन्याका इमानुएल बुन्डी, लुकास औचा र भिराज पटेलले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो । केन्याका लागि राकेप पटेल ३५ रनको योगदान गरे । त्यस्तै नेहिमा ओडिम्बोले २९ रन बनाउँदा इर्फान करिम २२ रन बनाएका थिए । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान तीन-तीन विकेट लिएका भने करण केसीले दुई विकेट लिँदा पवन सरार्फले एक विकेट लिए ।

जितसँगै केन्याले सिरिजमा १र१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको टी-ट्वान्टी सिरिजको तेस्रो खेल भदौ १२ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।

प्रतिक्रिया सबै