९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

समानुपातिकतर्फ दल दर्ता सुरु

 शनिबार, भदौ ११ २०७९  

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ ।

शुक्रबार पहिलो दिन प्रतिनिधि सभातर्फ २९, प्रदेश नम्बर १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएको निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ । आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ ।

प्रतिक्रिया सबै