३ असार २०८१, आईतवार Sunday 16 June, 2024

विद्यार्थी बेहोस हुन थालेपछि शारदा मावि बन्द

 शनिबार, भदौ ११ २०७९  

काठमाडौं । विद्यार्थी बेहोस हुन थालेपछि बाग्लुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा रहेको शारदा माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार बिहीवार पाँच र शुक्रवार दुई छात्रा एक्कासी बेहोस भएका छन् ।

उनीहरुमा टाउको दुख्ने, चिच्याउने, बरबराउने, एकोहोरो भएर टोलाउने, पछारिने र बेहोस हुने लक्षण देखिएका छन् ।

छात्रामा देखिएको समस्याबारे विद्यालयले गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखलाई पनि जानकारी गराएको जनाएको छ । विद्यालय १४ गतेदेखि खुल्नेछ ।

प्रतिक्रिया सबै