२ असार २०८१, शनिबार Saturday 15 June, 2024

वनस्थली-ढुंगेधारामा पनि महानगरको डोजर अभियान

 शनिबार, भदौ ११ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबार पनि अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घर—टहरा भत्काएको छ ।

शनिबार वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरेको बताए ।

महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली वनस्थली चोकमा रहेका छन् । केही स्थानीयले विरोध गरे पनि डोजर लगाउन सुरु भएको उनको भनाई छ ।

महानगरपालिकाका अनुसार वनस्थलीबाट ढुङ्गेधारा जाने बाटोमा रहएको अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्‍याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जनाएको छ ।

अनधिकृत घर टहरा भत्काउने कार्य शनिबारलाई स्थगित भएको छ । पुनः आइतबारदेखिय अभियानले निरन्तर पाउने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया सबै