१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, यस्ता छन् ४ मापदण्ड

 शनिबार, भदौ ११ २०७९  

काठमाडौं । नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ । आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो ।

तीन क्याटेगोरीमा खेलाडी दर्ता हुने क्यानले जनाएको छ । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ ।

नेपाल टी-२० डट कमको प्लेयर रजिष्टेसनमा गएर फर्म भर्न सकिनेछ ।

यस्ता छन् मापदण्ड

– खेलाडीले सन् २०१८ देखि नियमितरुपमा राष्ट्रिय खेलकुद, पीएम कप तथा मेयर कप खेलेको हुनुपर्ने

– सन् २०१८ देखि नेपालको यू(१९ टिमका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेको हुनुपर्ने

– सन् २०१८ देखि सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सिरिज खेलेका खेलाडीलाई प्राथमिकता दिइने

– सन् २०१८ देखि फ्रेन्चाइज लिग खेलेका खेलाडीलाई प्राथमिकता दिइने

प्रतिक्रिया सबै