zoom pcr test for travel - zoom pcr test for travel download zoom app for windows 10 zoom 2006 download zoom client meetings download zoom free download for computer
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

मुख्यमन्त्री राईलाई सुनसरी-१ बाट उम्मेदवार बनाउन एकीकृत समाजवादीको सिफारिस

 शनिबार, भदौ ११ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई आगामी निर्वाचनमा सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । पार्टीको सुनसरी जिल्ला कमिटीले शनिबार उनको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

मुख्यमन्त्री राई भोजपुरका बासिन्दा हुन् । प्रदेशसभामा भोजपुरबाट निर्वाचित मुख्यमन्त्री राई यसपटक संघीय निर्वाचन लड्ने तयारीमा छन् । त्यसका लागि उनले भोजपुर वा सुनसरी-१ छान्ने चर्चाकाबीच सुनसरी पार्टीले उनको नाम सिफारिस गरेको हो ।

जिल्ला कमिटीको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी र पद्मा सुब्बा र जीवन राईको नाम सिफारिस गरेको हो ।

बैठकले सोही निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत प्रदेश सभा सदस्य ‘क’ तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको जिल्ला कमिटी सचिव बसन्त सुवेदीले बताए । प्रदेश सभा ‘ख’ तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको हो ।

त्यस्तै, इटहरी र इनरूवा केन्द्र रहेको निर्वाचन क्षेत्र नं. २ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । यो निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश सभा सदस्यको उम्मेदवारको सिफारिस अर्को बैठकले गर्ने सचिव सुवेदीको भनाई छ ।

यस्तै दुहवी केन्द्र रहेको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा मो. जैनुल हक मियाँ, कमला दुलाल र जुगुतनारायण चौधरीको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा केशव बिष्ट, गौरी परियार र नयनतारा सिटौला, प्रदेश सभा सदस्य ‘ख’ मा रामचन्द्र मटियैत, दीपक राई र रेखा गुरुङ सिफारिसमा परेका छन् ।

सुनसरी जिल्लाको दक्षिणी भेग समेटिएको निर्वाचन क्षेत्र नं. ४ बाट केशवप्रसाद तिम्सिना, डा. सीएन पाठक र कैलाश अन्जुमको नाम सिफारिस भएको छ । यो निर्वाचन क्षेत्रतर्फ प्रदेश सभा सदस्य ‘क’ मा बाबुराम बराल, परमानन्द पौडेल र कल्पना पोखरेल र प्रदेश सभा सदस्य ‘ख’ मा महफुज आलम अन्सारी, किरण कार्की र सवनम आरीको नाम सिफारिस गर्ने निर्णय भएको हो ।
सत्तारूढ गठबन्धनबाट यही क्षेत्रबाट जसपा नेता अशोक राईले पनि उम्मेदवार बन्ने बताएका छन् ।

प्रतिक्रिया सबै