७ बैशाख २०८१, शुक्रबार Friday 19 April, 2024

किरात प्रदेश मान्ने उम्मेदवारलाई मात्र भोट हाल्न यायोक्खाको आव्हान

 शनिबार, भदौ ११ २०७९  

मोरङ । किरात राई यायोक्खा सम्बद्ध कार्यकर्ताहरुलाई मंसिर ४ गतेहुने निर्वाचनमा किरात प्रदेश मान्ने र लाग्ने उमेद्वारहरुलाई भोट दिन आव्हान गरेको छ ।  यायोक्खा मोरङको पथरी शनिश्चरे नगर समितिको शनिबार भएको सातौ अधिवेशनलाई सम्बोधन गर्दै नेताहरुले आव्हान गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राई, यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, जिल्ला सदस्य काशिहाङ राई लगायतले बोलेका थिए । पाँच बर्षमा प्रदेश १ मा बनेको तीन वडा सरकार र प्रदेश सभाले १ नं. प्रदेशको नाम राख्न नराख्नुको कारण र मंसिर ४ गतेको निर्वाचित भए प्रदेशको नाम किरात राख्न पहल गर्ने, नगर्ने सोधेर मात्र भोट दिनुपर्ने बक्ताहरुले बताएका छन् ।

मंसिर ४ गते हुने निर्वाचनमा पार्टीले ल्याउने घोषण पत्रमा पहिचान वा किरात प्रदेश छछैन र किरात प्रदेश उल्लेख भए प्रतिबद्धता बारे सोधेर मात्र भोट हालिने बक्ताहरुले बताए । किरात एउटा जाति नभएर भूगोल, इतिहास, सभ्यता भएकोले प्रदेशको नाम राखिए भत्र शान्ति र संमृद्धि संभवहुने बताए ।

पछिल्लो १९ बर्षदेखि (छैठौं) महाधिवेशनदेखि १ नं. प्रदेशको नाम किरात राख्न यायोक्खाले गाउँगाउँबाट अभियान र आन्दोलनहरु सञ्चालन गर्दै आएको छ । बक्ताहरुले नेपालमा २००७ सालको क्रान्ति नायक रामप्रसाद राईलाई राष्ट्रिय बिभूति घोषणा गर्न समेत माग गरेका छन् । कार्यक्रममा नगर सम्मेलन आयोजक समितिको संयोजक प्रेमकुमार राईले भावि कार्ययोजना, सचिव निर्मला राईले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामबहादुर राईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

यायोक्खाको भदौ १७-१८ गते मोरङ जिल्ला अधिवेशनमा पथरीमा र अशोज ८-१० गते काठमाडौंमा यायोक्खा ११ औं महाधिवेशन हुने यायोक्खा केन्द्रीय प्रभारप्रशार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

नगर समिति अध्यक्षमा पुनः प्रेम
किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिको शनिबार भएको सातौ नगर अधिवेशनले पुःन प्रेमकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसहमत चयन भएको छ ।

नव निर्वाचति अध्यक्ष प्रेम वाम्बुले राई गत कार्यकालमा पनि अध्यक्ष थिए । समितिको उपाध्यक्षमा प्रेम चाम्लिङ राई, रामबहादुर राई सचिवमा निर्मला राई, कोषाध्यक्षमा रुवाधन राई, सहकोषाध्यक्षमा उमेश राई सर्बसहमत चयन भएका छन् ।

सदस्यहरुमा दिपकुमार राई, कमल राई, देउमान राई, आशबहादुर राई, थिरकुमार राई, बिशाल राई, पञ्चबहादुर राई, सन्तप्रसाद राई, गजेन्द्र राई, मदन राई चयन भएका छन् । त्यसैगरी ध्यानबहादुर राई, कृष्ण राई, देबिमाया राई, गम्बा रुम्दाली राई र खड्गबहादुर राई सदस्यमा सर्बसहमत चयन भएका हुन् ।

प्रतिक्रिया सबै