६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

द भ्वाइस अफ नेपालको चौंथो सिजन भदौ २४ गतेदेखि सुरु

 आइतवार, भदौ १२ २०७९  

काठमाडौं । प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ ।

डिजिटल अडिसनमा सहभागि ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धीको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारी हुनेछन् ।

निर्देशक लक्ष्मण पौडेलका अनुसार चारजना कोचले प्रत्येक टीममा १६ जना प्रतिस्पर्धी सहभागि हुने गरी ड्रीम टीम गठन गर्नेछन् । ‘खासमा यो कम्पिटिसन प्रतिस्पर्धीको होइन, कोचबीचको हो’ पौडेलले भने ।

चौंथो सिजनमा कूल ३१ एपिसोड हुनेछन् जुन १६ साता चल्नेछ । यसपटक प्रतिस्पर्धाबाट बाहिरिएका प्रतिस्पर्धीलाई कोचले कुर्सी घुमाएर हेर्न पाउनेछैनन् । चौंथो सिजनमा ‘नो चियर अन’ शैली अपनाउने निर्देशक पौडेलले जानकारी दिए ।

यसपटक टाइटल स्पोन्सरको रुपमा बजाज पल्सर मोटरसाइकल छ ।

प्रतिक्रिया सबै