३ असार २०८१, आईतवार Sunday 16 June, 2024

रत्नपार्क ‘सब-वे’माथिको अवैध संरचना महानगरले भत्काउँदै

 आइतवार, भदौ १२ २०७९  

काठमाडौं । काठमाडौं महागरपालिकाले रत्नपार्कको अण्डरपास अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।

पैदलयात्रु हिँड्ने सब-वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपचि भत्काउन लागिएको उनले बताए ।

सब-वेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ । यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् । ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।

 

 

 

प्रतिक्रिया सबै