zoom cloud meeting download for pc windows 10 zoominfo login error blur effect zoom download zoom install windows 10 s mode zoom setup free download join a zoom meeting uk online zoom cloud meetings free download for laptop zoom for m1 download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

मुख्यमन्त्री राईद्वारा भोजपुरबाटै चुनाव लड्ने घोषणा

 आइतवार, भदौ १२ २०७९  

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले भोजपुरबाटै चुनाव लड्ने घोषणा गरेका छन् । सुनसरी १ धरानबाट पार्टीले उम्मेदवार सिफारिस गरेपछि राईले ४ बुँदे प्रष्टीकरण लेख्दै कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे ।

उम्मेदवार सिफारिस नितान्त पार्टीको मूल्यांकन चाहनाको आधारमा भएकाले भन्दै उनले यसमा आफ्नो कुनै संकेत र माग नभएको बताए । राईले भोजपुर आफ्नो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला भएकाले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने कत्तिपनि सोच नभएको प्रष्ट्याएका छन् ।

२०७४ को चुनावमा राई भोजपुर प्रदेश ‘क’ मा एमालेबाट विजयी भएका थिए । ‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र विश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहना/सोच छैन’, उनले लेखेका छन्- ‘भोजपुरे जनताले माया र विश्वास गरेसम्म म सांसद/मन्त्री केही नभई भुइँमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु ! त्यसैले सांसद/मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच/चाहना छैन ।’

मुख्यमन्त्री राईले सजिलो देख्दा उछिनपाछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस आफू नभएको भन्दै पार्टीको निर्देशन भयो भने जस्तोसुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार छ रहेको पनि व्यक्त गरेका छन् । उनको भनाइ छ- ‘अप्ठ्यारो देखेर पन्छिन्छ कि त्यस्तो कसैले नठान्नु होला ।’

 

प्रतिक्रिया सबै