३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

 आइतवार, भदौ १२ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको नेता विष्णु रिजालले बताए ।

एमाले देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर विजय हासिल गर्ने अठोटका साथ निर्वाचनमा होमिएको उनको भनाई छ ।

बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा निर्वाचन परिचालन कमिटीको बैठक बसेको थियो । बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया सबै