६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

 आइतवार, भदौ १२ २०७९  

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जाहेरी परेपछि उनलाई पक्रो गरिएको, जाहेरीअनुसार अनुसन्धान अघि बढ्ने बताए । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन सिंहविरूद्ध अभियन्ताहरूले परिसर काठमाडौंमा उजुरी गरेका थिए । अभियन्ताहरू शनिबार नै परिसरमा पुगेर उनीमाथि कारबाही गर्न माग गरेका थिए ।

युट्युब च्‍यानल कमेडी क्याफेमा ‘नेवारको परम्परा’ शीर्षकमा भिडिओ हालेका थिए । जसले नेवा समुदायको भाषा, संस्कृति, खाना, लगायत विषयमा व्यंग्य गरेको भन्दै अभियन्ताहरूले आपत्ति जनाएका हुन् । उनीविरूद्ध जाहेरी अनुसार नै अनुसन्धान अघि बढाउने एसएसपी बोहराले बताए ।

भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । विरोध भएपछि सिंहले सो भिडिओ युट्युब च्यानलबाट हटाइसकेका छन् । यस्तै उनले शनिबार नै फेसबुकमार्फत् माफी मागेका थिए । भिडिओमार्फत् पनि उनले माफी मागेका थिए ।

प्रतिक्रिया सबै