३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

कम्युनिष्टले गरिब र सर्वहारा वर्गको हित गर्नुपर्छ : माधव नेपाल

 आइतवार, भदौ १२ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी गरिब र शोषितको पक्षमा संघर्ष गर्न स्थापना भएको बताएका छन् । उनले नेपाली राजनीतिमा आफूहरु अरुभन्दा भिन्न रहेको बताए ।

पार्टी निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिष्ट पार्टीले गरिब र सर्वहारा वर्गको हित गर्नुपर्नेमा जोड दिए ।

‘समाजमा विभिन्न वर्ग छन् । हामी समाजका शोषित जनताको पक्षमा, अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न सर्वहारा वर्गीय दृष्टिकोण लिएर आएका हौं । हामी अरु जस्तै होइनौं’, अध्यक्ष नेपालले भने । ‘हामी अरुभन्दा भिन्न हौं । हामी क्रान्तिकारी हौं । परिवर्तनकामी हौ‌ । जनताको हितको रक्षा गर्ने योद्धाहरु हौं । देशको रक्षा गर्ने र जनताको हितप्रति समर्पित हुने योद्धाको रुपमा हाम्रो भूमिका नेपाली समाजले स्वीकारेको छ ।’

अध्यक्ष नेपालले अखिलका विद्यार्थीहरुलाई स्वार्थी र व्यक्तिवादी नबन्न सुझाव दिए । ‘तपाईंहरु भ्रष्टाचारमा लिप्त नहुनुस् । इमानदारिता, निष्ठा र समर्पणको बाटो अंगाल्नुस् । आफ्नो कामबाट सबै विद्यार्थीको मन जित्नुस्,’ उनले भने ।

प्रतिक्रिया सबै