२७ जेष्ठ २०८१, आईतवार Sunday 9 June, 2024

प्रचण्डले गरे ओलीको प्रशंसा !

 आइतवार, भदौ १२ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीलाई धन्यवाद दिएका छन् । बागमती प्रदेशबाट पदाधिकारी, केन्द्रीय सदस्यहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीलाई क्रान्तिकारी बनाइदिएको भन्दै ओलीको प्रशंसा गरेका हुन् ।

‘हाम्रो पार्टी त्यस्तो हो, जसको क्रान्तिकारी रुपान्तरणको सम्भावना बाँकी छ । अन्य पार्टीबाट त्यो सम्भावना छैन । चुनावदेखि चुनावबाट मात्र यो पार्टी क्रान्तिकारी रहिरहँदैन । यस मानेमा केपी ओलीलाई धन्यवाद ! किनकी उनले दुई चोटी संसद विघटन गरेर हामीभित्रको क्रान्तिकारीपन जगाउन योगदान गरे’ प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने । ‘कांग्रेसले अति गर्‍यो भने वाममोर्चा बनाएर चुनावमा जानुपर्छ’, प्रचण्डले भने ।

२०७४ को स्थानीय तह चुनावमा बागमती प्रदेशबाट जितेको ५० सिट यसपटकको स्थानीय चुनाव (३० वैशाख २०७९) गुमाएर पहिलो वामपन्थी बन्न नसकेको अध्यक्ष प्रचण्डको भनाई थियो । ‘बागमती प्रदेशमै देशकै पहिलो वामपन्थी पार्टीका रुपमा स्थापित गर्न सक्थ्यौँ । तर, गत चुनावमा जितेको ५० पालिका यस पटक जित्न सकेनौँ,’ प्रचण्डले भने ।

माओवादीभित्रको कुण्ठा र अन्तरविरोध हल गर्न सके पहिलो कम्युनिष्ट पार्टी हुने ठोकुवा समेत गरे । उनले भने- ‘हामी भित्रको अन्तरविरोध र कुण्ठा हल गर्न सक्दा अहिले पनि देशकै पहिलो कम्युनिष्ट पार्टी बनाउन सक्छौँ ।’

प्रतिक्रिया सबै