१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

अब प्रत्यक्ष राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्छ : प्रचण्ड

 आइतवार, भदौ १२ २०७९  

काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनपछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताएका छन् ।

आइतबार माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकमा बोल्दै प्रचण्डले आगामी निर्वाचन पछि प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि आन्दोलन गर्नुपर्ने बताए ।

आन्दोलनका लागि तयार हुनसमेत नेता कार्यकतालाई प्रचण्डले निर्देशन दिएका छन् । आगामी निर्वाचनमा अहिलेकै गठबन्धनबाट निर्वाचन लड्ने बताउँदै प्रचण्डले कांग्रेससँग अविश्वास र नेकपा एकीकृत समाजवादीसँग अफ्ठ्यारो भए पनि त्यसलाई मिलाएर अघि बढ्नु पर्ने बताए ।

यो पनि

प्रचण्डले गरे ओलीको प्रशंसा !

कांग्रेसले निहुँ खोजे एमालेसँग तालमेल : प्रचण्ड

प्रतिक्रिया सबै