३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने नेकपा बहुमतमको चेतावनी

 आइतवार, भदौ १२ २०७९  

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफुहरुसंग गरेको सहमति राज्यपक्षबाट उलंघन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैरजिम्मेवार भएको पेश भएको बताए ।

उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए । संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३ सय २२ मुद्धा फिर्ता लिन नसकिने बताएको जिकिर गरे । त्यस्तै उनले संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए ।

प्रतिक्रिया सबै