१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

सत्ता गठबन्धनको ध्यान देश लुट्नमा केन्द्रीत छ : ओली

 आइतवार, भदौ १२ २०७९  

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रतिको भ्रमलाई चिर्दै बहुमत आउने गरि निर्वाचनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै ओलीले यस्तो नागरिकता लगाएतका बिषयमा एमालेप्रति गठबन्धन दलले भ्रम छर्ने प्रयास गरेको भन्दै भ्रमहरुलाई चिर्दे बहुमत आउने गरि निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् ।

उनले अहिले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुटने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रीत भएको जिकिर गरे ।

प्रतिक्रिया सबै