३ असार २०८१, आईतवार Sunday 16 June, 2024

अमेरिकामा गोली चल्यो, तीन जनाको मृत्यु

 सोमवार, भदौ १३ २०७९  

न्युयोर्क । अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ । सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका दुई पीडितमध्ये दुई महिला र एक पुरुष छन् ।

उनीहरूको शरीरका विभिन्न स्थानमा गोली लागेको उक्त सहरका प्रहरी प्रमुख जेम्स ह्वाइटले बताए । आक्रमणकारी कारभित्र पसेर भागेको पीडितमध्येका चौथा व्यक्तिले बताए । आक्रमणकारीले उनलाई पनि गोली हानेका थिए ।

गोली लागेर तीन जनाको मृत्यु भएको छ । संदिग्धको तस्बिर सार्वजनिक गरेर उनलाई चिन्नेले जानकारी दिन प्रहरीले सबैलाई अनुरोध गरेको छ । ‘ती व्यक्तिले जथाभाबी गोली हानेका थिए’, ह्वाइटले भने ।

‘एक जना बस पर्खिरहेका थिए, अर्का कुकुरलाई डुलाउँदै थिए र तेस्रा व्यक्ति बाटोमा हिँडिरहेका थिए’, पीडितबारे प्रहरी प्रमुख ह्वाइटले भने ।सांकेतिक तस्बिर

प्रतिक्रिया सबै