३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

कोअर्डिनेटरले छात्रालाई ह्यारेसमेन्ट गरेको भन्दै बानेश्वरको नोबेल एकाडेमीमा विरोध प्रदर्शन

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । बानेश्वरस्थित नोबेल एकाडेमीमा कोअर्डिनेटरले छात्रालाई ह्यारेसमेन्ट गरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ ।

बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार एकाडेमीका छात्रा विरोधमा उत्रिएपछि घटनाको अनुसन्धान थालिएको छ ।

शिक्षकबाट यौन दुर्व्यवहार भएको भन्दै कक्षा १२ का विद्यार्थीले विद्यालयमा विरोध प्रदर्शन गरेका हुन् । अहिले १२ कक्षाका छात्राहरू कलेज परिसरमा आन्दोलन गरिरहेका छन् ।

‘अहिले हामी पीडित छात्रासँग जानकारी लिइरहेका छौं’, डीएसपी श्रीवास्तवले भने, ‘घटनाबारे अनुसन्धान हुँदै छ।’ घटना अनुसन्धानकै क्रममा रहेकाले उनले आरोपितको नाम खुलाउन चाहेनन् ।

प्रतिक्रिया सबै