९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

न्यूरोडस्थित सुरज अर्केडमा ४ बजेसम्मको अल्टिमेटम दिएर फर्कियो नगर प्रहरीको टोली

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । काठमाडौंको न्युरोडस्थित सुरज आर्केड लगायतका व्यवसायिक भवनको बेसमेन्टमा भएका पसलहरु खाली गराउन निर्देशन दिएर नगर प्रहरीको टोली फर्किएको छ ।

न्युरोडको सुरज आर्केडमा रहेको बेसमेन्टमा राखिएका पसलहरु दिउँसो ४ बजेसम्ममा हटाउन निर्देशन दिइएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

‘दिउँसो ४ बजेसम्मका लागि समय माग्नुभएको छ,’ पाण्डेले भने, ‘डोजर लगाएर भत्काउने हाम्रो उद्धेश्य होइन् । सकेसम्म समय दिनुपर्छ भन्नेमा नै छौं ।’

सोमबार बिहान नगर पाण्डेको नेतृत्वमा टोली बेसमेन्ट खाली गराउन पुगेको थियो ।

प्रतिक्रिया सबै