६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

घट्यो सुनचाँदीको मूल्य, आज कति पुग्यो तोलाको ?

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय र चाँदी १५ रुपैयाँ सस्तो भएको छ ।

संघका अनुसार आज उक्त दरले घटेर छापावाल सुन ९४ हजार ५ सय र तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदी १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन छापावाल सुन ९५ हजार १ सय, तेजाबी सुन ९४ हजार ६ सय र चाँदी १ हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

विश्वबजारमा भने सुनको भाउ प्रतिऔँस १ हजार ७ सय २४ दशमलव ५४ अमेरिकी डलर रहेको छ । गोल्डप्राइस डट ओआरजीका अनुसार प्रतिऔँस १०.३३ डल रले घटेको हो ।

 

प्रतिक्रिया सबै