zoom app volume not working zoom meeting app free download download all zoom recordings zoom 5.4.6 download join zoom meeting online id - join zoom meeting online id zoom app free
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

नेपाल-अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापन समझदारीपत्रमा हस्ताक्षर

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार परराष्ट्र सचिव भरतराज पौड्याल र समकक्षी जान आडम्सबीच भएको द्विपक्षीय वार्तापछि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा सहभागी जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाका परराष्ट्र सचिव आडम्सले समझदारीपत्रमा हस्ताक्षर गरेको क्यानबेरास्थित नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

दुतावासले सचिव पौड्याल र समकक्षी आडम्सबीच द्विपक्षीय सम्बन्धका सबै विषयमा छलफल भएको र आगामी दिनमा आपसी हितका विभिन्न क्षेत्रमा सहकार्य सुदृढ गर्ने सहमति भएको जनाएको । नेपाल-अस्ट्रेलिया परराष्ट्र मन्त्रालयस्तरीय संयुक्त परामर्श संयन्त्रको दोस्रो बैठकमा भाग लिने क्रममा सचिव पौड्याल नेतृत्वको नेपाली टोली अस्ट्रेलिया भ्रमणमा छ । संयन्त्रको बैठक भोलि (मंगलबार) आयोजना हुँदै हुँदैछ ।

सन् २०१७ जुलाईमा उक्त संयन्त्र स्थापना भएको थियो । द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका साझा विषयमा छलफल गर्न उक्त संयन्त्र स्थापना गरिएको हो । परराष्ट्रका दक्षिण एसिया महाशाखा प्रमुख लोकबहादुर थापा, अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोख्रेल र परराष्ट्रकी उपसचिव सीता बस्नेत प्रतिनिधिमण्डलमा सहभागी छन् । अस्ट्रेलिया नेपालको एक विकास साझेदार हो ।

सन् १९६० फेब्रुअरीमा नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । गरिबी निवारण, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, मानव संशाधन विकास, संघीयता सुदृढीकरण र शान्ति प्रक्रियामा नेपाल सरकारका विभिन्न निकाय तथा अन्तर्राष्ट्रिय दातृ निकायको च्यानलबाट अस्ट्रेलियाले सहयोग गरिरहेको छ । भूकम्पपछिको पुर्निर्माण र कोरोना महामारीमा पनि उसले नेपाललाई सहायता प्रदान गरेको थियो ।

सन् २०२१ को गणनाअनुसार अस्ट्रेलियामा नेपाली मूलका नागरिक १ लाख २२ हजार ५१५ जना बसोबास गर्दै आएका छन् । अस्ट्रेलियामा सबैभन्दा धेरै विद्यार्थी पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा छ ।

प्रतिक्रिया सबै