१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

कांग्रेसका शीर्ष नेता राष्ट्रपति कार्यालयमा

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । राष्ट्रपती विद्यादेवी भण्डारीलाई भेटघात तथा छलफलका लागि नेपाली कांग्रेस शीर्ष नेताहरु शीतलनिवास पुगेका छन् ।

पार्टीका तर्फबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सञ्चारमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की शितलनिवास पुगेका हुन् ।

भेटको एजेण्डाका बारेमा भने कांग्रेस नेताहरुले केही खुलाएका छैनन् । तर, राष्ट्रपति र कांग्रेस पदाधीकारीबीच नागरिकता विधेयकको विषयमा छलफल हुने बताइएको छ ।

सरकारले ल्याएको नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएकामा राष्ट्रपतिले फिर्ता पठाएकी छन् । उक्त विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ भने राष्ट्रियसभाले विधायन समितिमा छलफलका लागि पठाएको छ ।

कांग्रेस नेताहरुले राष्ट्रपतिले विधेयक फिर्ता पठाएकामा असन्तुष्टि जनाएका छन् । राष्ट्रपतिले पनि आफूले सन्देशसहित फिर्ता पठाएको विधेयक छलफल नगराई हुबहु पारित गरेर पठाएकामा असन्तुष्टि जनाएकी छन् ।

 

 

प्रतिक्रिया सबै