२५ असार २०८१, सोमबार Monday 8 July, 2024

अब पुरानो पात्रले देश बन्दैन : युग पाठक

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । चर्चित लेखक तथा साहित्यकार युग पाठक प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । पाठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

निर्वाचनमा उठ्नका लागि घोषणापत्र तयार पारिरहेको र घोषणापत्रसहित उम्मेदवारीको औपचारिक घोषणा गर्ने पाठकले स्काई नेपाल न्युजलाई जानकारी दिए । ओलीले संसद विघटन गरेका बेला पाठक बृहत् नागरिक आन्दोलनमा सक्रिय रुपमा संलग्न भएका थिए । उनले प्रतिगमनको प्रत्येक पाइलालाई पराजित गर्दै नयाँ बाटो कोर्नु पनि आजको कार्यभार रहेको बताउँदै आएका छन् ।

उर्गेनको घोडा, मांगेना लगायत पुस्तकका लेखक पाठक झापामै हुर्किएका हुन् । उनी स्वतन्त्र नागरिक आन्दोलनका अगुवासमेत हुन् । उनी ओली निर्वाचित हुँदै आएको झापा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार बन्न लागेको हुन् ।

‘मैले पहिलेदेखि नै भन्दै आएको थिए । देशमा हामी जुन खालका संकट भोगिरहेका छौँ, जस्तो, निराशा, छटपटी । संसार भरी पनि यस्तै छ । यो विश्वब्यापी रुपमै दार्शनिक संकटको अभिव्यक्ति हो’, पाठकले भने- ‘संकट के हो ? भनेर पहिल्याउनुपर्छ र त्यहाँबाट अगाडी जाने र्दाशनिक अवधारणा खोज्नुपर्छ मैले भन्दै आएको छु । मैले त्यो चिज अहिले पत्ता लगाएको छु । र त्यहि चिजलाई लिएर अगााडी जाने तयारी गर्दैछु ।’

नेपाली, अंग्रेजीलगायत विभिन्न भाषामा आफ्नो घोषणापत्र तयारी गरिरहेकका पाठकले स्काई नेपाल न्युजसँग कुरा गर्दै अब देश पुराना पात्र-प्रतिनिधिले नबन्ने ठोकुवा गरेका छन् । निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ नै रोज्नुको दुई कारण रहेको उनले बताए ।

‘झापा म हुर्के बढेको क्षेत्र हो । त्यहाँको जनजीवन भाषा, संस्कार, संस्कृतिसँग नजिक छु । मलाई आफुनो कुरा जनतामाझ लिएर जानु सजिलो हुन्छ’, उनले भने । ‘अर्को चाहिँ पुरानो विचार, पुरानो शैली, पुरानो तरिकाले चाहिँ अब यो देश अगाडी जाँदैन । त्यसकारण ती पुराना प्रतिनिधि पात्रका प्रतिपस्र्धा गर्ने मेरो तयारी हो ।’

बाल्यकाल झापामा बिताएका पाठक पछिल्लो समय हेटौडा तथा काठमाडौं बस्दै आएका छन् । उनको नागरिकताको नाम भने दिपककुमार पाठक हो । जिल्ला प्रशासन कार्यालयमा गएर यही नाम कायम गराउने उनको तयारी छ ।

उनी सरकारी जागिर छाडेर फुलटाइम लेखनमा आए र राजनीतिक अभियानहरुमा पनि सक्रिय भए । कुनै बेला कट्टर कम्युनिस्ट सदस्य बनेर हिँडेका पाठक पछिल्लो समय नयाँ राजनीतिक पार्टी खोल्ने तयारीमा पनि छन् । अब नेपालले पनि संसारलाई विचार दिनुपर्ने उनको तर्क छ । किनभने स्वयं सत्ताको अभ्यास गर्दागर्दै माक्र्सवाद नै राज्य-पुँजीवादको वैचारिक हतियार बन्न पुगेको उनको भनाई छ ।

 

प्रतिक्रिया सबै