३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

साप्सुखोला वारिपारि !

 सोमवार, भदौ १३ २०७९  

साप्सुखोला वारिपारि गर्दै
दिखुवाखोला तर्दै,
उकाली बाटो हिँड्दै पुगिन्थ्यो आहाले
त्यहाँ पुगी चिसो पानी पिउँथ्यौं सबैले ।

उकाली बाटो हिँड्थ्यौँ रमाइलो कुरा गर्दै ठट्टा
बल्लतल्ल पुगिन्थ्यो दिक्तेल बजारको अड्डा ।

कोहिं साथीभाई बस्थे बजारको वरपर
म र सुरेन्द्र पौडेल बस्थ्यौँ हाटेदाइको घर ।

मिलेर बस्थ्यौँ सबै जना
कोपिलाले दिन्थी मीठो खाना ।

दिक्तेल बजार घुम्थ्यौँ सबै मिलिजुली
त्यो बेला थिएन दिक्तेल पनि कतै झिलिमिली ।

दिक्तेल बजार छ अहिले कस्तो
हाम्रो लागि सिङ्गापुरै जस्तो ।

कोहिँ चढ्छ बाइक, कोहिं चढ्छ कार, कोहिं ट्याक्टर
हस्पिटलमा पनि नर्स अनि राम्रो डाक्टर ।

अस्पताल जान्छ बिरामीहरु सरासर
डाक्टरले पनि गरिदिन्छ राम्रो उपचार ।

हाटडाँडा रत्नपार्कबीचमा पर्दो रहेछ त्रिवेणी चोक
लुगा गरगहनाहरु किन्न पाइँदो रहेछ सबै थोक ।

दिक्तेल बजार कस्तो राम्रो छ चित्र-विचित्र
सबै अफिसहरु छन् एउटै भवनभित्र ।

कोहि छ सिडियो, कोहि छ सुब्बा, कोहि छ बहिदार
आफ्नो काम गर्छन् सबैले बफादारै बफादार ।

पूर्वपट्टि हेर्यो नेर्पा र दोर्पा
पश्चिमपट्टि हेर्यो मझुवा खाल्ले सेरा
दिक्तेल बजार हेरिदिनुस् सबैले घुमिघुमी एकफेर ।

 

गंगाराम राई, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे दिनुवा, हाल ललितपुर

प्रतिक्रिया सबै