१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

राष्ट्रपतिलाई कांग्रेसले भन्यो- ओली सरकारले ल्याएको अध्यादेश र नागरिकता विधेयक हुबहु छ

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीलाई केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको अध्ययादेशअनुसार नै नागरिकता विधेयक संसदबाट पारित गरिएको बताएको छ ।

विधेयकका सन्दर्भमा सोमबार दिउँसो २ बजेपछि राष्ट्रपतिको कार्यालय शीतल निवासमा कांग्रेस पदाधिकारी र राष्ट्रपति भण्डारीबीच छलफल भएको हो ।

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली सरकारले ल्याएको अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्याएको बताएका थिए ।

राष्ट्रपति भण्डारीले आम निर्वाचन निष्पक्षमा रुपमा गर्न सरकारलाई सुझाव दिएको उनको भनाई छ । नागरिकता विधेयका विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई बोलाएकी थिइन् ।

त्यस्तै, राष्ट्रपतिले आसन्न निर्वाचनका विषयमा चासो राखेकी थिइन् । निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गरेर मुलुकलाई गति दिनुपर्नेमा जोड दिइन् ।

राष्ट्रपतिसँग भेट गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका थिए ।

संघीय संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले फिर्ता गरिदिएकी थिइन् । संसदका दुबै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ ।

प्रतिक्रिया सबै