९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सेयर बजारमा सामान्य वृद्धि

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार देखिएको छ । लगातार तीन दिनसम्म दोहोरो अंकले गिरावट देखिएको बजार परिसूचक नेप्से आज भने ३.७६ अंक (०.१९ प्रतिशत) ले वृद्धि भएर बन्द भएको छ ।

नेप्से सँगै अधिकाम्स उपसूचमा सुधार हुँदा बैंकिङ र लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको हो । त्यस्तै लगानी उपसूचक ०.५८ प्रतिशतले गिरावट हुँदा म्युचुअल फण्ड उपसूचक १.१२ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा सुधार भएपनि कारोबार रकम भने सवा एक अर्बमा सीमित भएको छ । सोमबार ३४ लाख ४० हजार ९०० कित्ता सेयर किनबेच भएको छ । १ अर्ब २६ करोड ६६ लाख १९ हजारको कारोबार भएको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार घटेको हो ।

सोमबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ११ करोड २५ लाख ७७ हजारको सेयर किनबेच भएको छ भने अरुण कावेली पावरको ५ करोड ५५ हजारको कारोबार भएको छ ।

कुल १८७ कम्पनीको सेयर कारोबार भएकोमा १११ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर छ । जसमध्ये वीन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.४८ प्रतिशतले वृद्धि हुँदा रिलायन्स फाइनान्सको सेयर मूल्य ६.६४ प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५।८४ प्रतिशतले बढेको छ ।

यता रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ५.७० प्रतिशतले गिरावट भएको छ । यस्तै एनएमबि हाइब्रिड फण्ड १ को इकाइ मूल्य ३.३७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया सबै