१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

समानुपातिकतर्फको निर्वाचनमा भाग लिन आयोगमा ६८ दलको निवेदन

 सोमवार, भदौ १३ २०७९  

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ७६ वटा दलबाट ६८ वटा निवेदन परेको छ ।

मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

त्यस्तै, प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन परेको छ । मधेस प्रदेशमा ६७ वटा दलबाट ५९ वटा, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेको उनले बताए ।

 

प्रतिक्रिया सबै