३ असार २०८१, आईतवार Sunday 16 June, 2024

मोरङबाट चुनाव लड्ने तयारीमा रेखा थापा

 मङ्लबार, भदौ १४ २०७९  

काठमाडौं । अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएकी छन् । राप्रपाको स्थानीय कमिटीले मोरङ ३ बाट रेखाको एकल नाम पार्टीमा सिफारिस गरेसँगै उनले सो क्षेत्रबाट उम्मेदवारी दिने लगभग निश्चित भएको हो ।

उनले आफ्नो चुनावी अभियान पनि सुरू गरिसकेकी छन् । तर, पार्टीले निर्णय भने गर्न बाँकी छ । रेखा राप्रपाको महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिइन् ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दिएकी उनलाई कुन्ती शाहीले पराजित गरेकी थिइन् । त्यसपश्चात उनी केन्द्रीय सदस्यको हैसियतमा छन् ।

मोरङ ३ रेखाको आफ्नै निर्वाचन क्षेत्र समेत हो । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा उनको जन्मघर छ । सोही क्षेत्रको विराटचोकमा उनले अध्ययन गरेकी हुन् ।

अहिले चुनावीसभाका क्रममा मोरङ ३ कै कानेपोखरीमा रहेकी रेखाले जनताले आफूलाई विश्वास गरेर जिताउने आशा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया सबै