९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

सप्तरीबाट ३ जना भारतीय नागरिक पक्राउ

 मङ्लबार, भदौ १४ २०७९  

काठमाडौं । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट मंगलबार तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा-२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका–५ र शम्भुनाथ नगरपालिका–१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

भन्सार छली अवैधरूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।

पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया सबै