६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

नेपालमै पहिलो पटक चार्जिङ स्टेसन सञ्चालन

 मङ्लबार, भदौ १४ २०७९  

काठमाडौं । नेपालमै पहिलो पटक विद्युतीय गाडी चार्ज गर्नका लागि स्टेसन सञ्चालनमा ल्याएको छ । नेपाल विद्युत प्राधिकरणले मंगलबार चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

प्राधिकरण परिसर रत्नपार्कमा सञ्चालनमा ल्याइएको यो चार्जिङ स्टेसन सरकारी तहमा नेपालकै पहिलो हो । उक्त स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटनपछि सन्चालनमा ल्याइएको हो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेसनमा एकै पटक ३ वटा सवारी चार्ज गर्न मिल्ने बताए । देशभर यस्ता ५१ वटा स्टेसन बनिरहेको र एउटा स्टेसन बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने उनको भनाई छ ।

प्राधिकरण प्राङ्गणमा सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने उनले बताए ।

 

प्रतिक्रिया सबै