६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

सुर्खेतमा तीजको नाच हेर्न क्रममा झडप, एक युवकको मृत्यु

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । तीजको नाच हेर्ने क्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका-१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृत्यु भएको हो ।

जिसीलाई केही युवाहरूले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार झडपका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने ।

प्रतिक्रिया सबै