३ असार २०८१, आईतवार Sunday 16 June, 2024

तोलामा ८ सय ले घट्यो सुनको मूल्य

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा आइपुगेको छ । बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया सबै