१० असार २०८१, आईतवार Sunday 23 June, 2024

झापा-५ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा जिग्री

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन् ।

‘जिग्री ब्रो’ले नामले चिनिएका उनले उम्मेदवारी दिने आधिकारिक घोषणा नगरेको भए पनि आफू यसको तयारीमा रहेको बताएका छन् । ‘अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन । म साथीहरुसँग छलफल गर्दैछु’, उनले भनेका छन् ।

जतिसक्दो चाँडो उक्त क्षेत्रबाट चुनाव लड्न स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने उनको भनाई छ । कट्टेल पनि झापा-५ कै मतदाता हुन् । उनले उम्मेदवारी दिने तयारी गरेपछि अहिले सामाजिक सञ्जालमा उनको चुनावी पोस्टरसहित प्रचारप्रसार पनि भएको छ ।

 

प्रतिक्रिया सबै