९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

पल शाहको मुद्दामाथि तनहुँ अदालतमा सुनुवाइ

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ ।

एक नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको इजलासमा सुनुवाइ भइरहेको हो ।

शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । एक नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आफै सम्पर्कमा गएका थिए ।

उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ । नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेको भनाई छ ।

थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया सबै