२ असार २०८१, शनिबार Saturday 15 June, 2024

काठमाडौंको सामाखुसीबाट सुस्मा थापा पक्राउ

 बुधबार, भदौ १५ २०७९  
फाईल फोटो (साँकेतिक) ।

काठमाडौं । नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार गरेको अभियोगमा १ युवतीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका सामाखुसीमा फार्मेसी सञ्चालन गरी बस्ने गोरखा सिलुकोट नगरपालिका-९ घर भएका २९ वर्षीया सुस्मा थापा हुन् ।

सुस्माले सञ्चालन गरेको फार्मेसीमा नेपालमा नियन्त्रित तथा प्रतिबन्धित औषधिहरूको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त फार्मेसीमा तलासी गर्दा ती औषधिहरू फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनको फार्मेसीबाट प्रहरीले  (Tramadol Hydrocloride) ८ सय १० ट्याब्लेट, (Dicyciomine Hydrochloride) ९ सय ८० ट्याब्लेट, (Dextromethoraphan Hydrochloride) २ सय ६५ ट्याब्लेट, (Stagan) ५ सय ३१ ट्याब्लेट, (Gabix-75 pregablin) १ सय ४२ ट्याब्लेट, (Zenegra) २४ ट्याब्लेट, (Chorpheniramine Sinex) ८० ट्याब्लेट बरामद गरेको छ ।

त्यस्तै, एल्मास्क १ सय ६५ ट्याब्लेट, (Alcal) २ सय ७० ट्याब्लेट, प्रेग्नेन्सी टेस्ट किट ४० पिस, एन्थेल्जा ४० पिस, मास्क २३ बन्डल, (Stayfree) ४० बन्डल, डाईपर २ बन्डल, (Bustop) ३ बोतल, (Detuss) २ बोतल, (Dj-citral) १ बोतल, (CTZ) ४ बोतल, (NS) सोडियम १ बोतल, (Flexon) २ बोतल, (Multiplex) ६ बोतल, (Supramox) ४ बोतल, (Argel) १० वोतल, (Rhinex) २ बोतल, (Sinex) ८० पिस, सन्चो १० पिस, गुल्कोज सानो ४ पिस र डिटोल १ बट्टापनि बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै