३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

भारतमा एक वर्षमा ३१ हजार बलात्कारका घटना

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । भारतमा गत वर्ष औसतमा दैनिक ८७ जना महिलामाथि बलात्कार भएको भन्दै उजुरी परेका छन् । भारतको नेशनल क्राइम रेकर्ड्स ब्युरोले सार्वजनिक गरेको रिपोर्टअनुसार सन् २०२१ मा भारतभरि बलात्कारसम्बन्धी ३१ हजार ६ सय ७७ उजुरी दर्ता भएको द वायरले उल्लेख गरेको छ ।

सन् २०२० भन्दा २०२१ मा भारतमा बलात्कारका घटना झन्डै २० प्रतिशतले बढेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ । बलात्कारसम्बन्धी सबैभन्दा धेरै उजुरी राजस्थानमा दर्ता भएका छन् भने दोस्रो स्थानमा मध्यप्रदेश र तेस्रोमा नेपालसँग सीमा जोडिएको उत्तरप्रदेश छ । भारतभरि गत वर्ष ४ लाख २८ हजार बढी महिला हिंसाका घटना भएका छ्न ।

प्रतिक्रिया सबै