३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

काठमाडौं फनपार्कलाई बालेनले दिए २४ घण्टे अल्टिमेटम

 बुधबार, भदौ १५ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्कलाई राजेश्व तिर्न ताकेका गर्दै २४ घण्टे अल्टिमेटम दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा.शिवराज अधिकारीले २४ घण्टे पत्र काटेका हुन् ।

फनपार्कले महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरल कर लामो समयदेखि बुझाएको छैन । यसका लागि पटक पटक ताकेता गर्दा समेत उक्त कर प्राप्त नभएकोले २४ घण्टाभित्र बुझाउन पत्रमार्फत निर्देशन दिइएको छ । तोकिएको समयभित्र राजश्व नबुझाएमा फनपार्क शिलबन्दी गर्ने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया सबै