१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

फेसबुकमा गाली गर्नेलाई हर्क साम्पाङको चेतावनी

 बिहिबार, भदौ १६ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले फेसबुकमा गाली गर्नेलाई मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिएका हुन् । उनले देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन् ।

पछिल्लो समय काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाह र काठमाडौंको फोहोरको बारेमा आलोचना गरेको भन्दै हर्कविरुद्ध सामाजिक सञ्जालमा गाली गलौज बढ्न थालेको छ ।

‘फेसबुकमा गाली गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ,’ मेयर साम्पाङले भनेका छन्, ‘अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

आफ्ना गतिविधि सामाजिक सञ्जालबाट दिइरहेका साम्पाङले यसअघि काठमाडौं आउँदा फोहोर नउठेको विषयमा ब्यंग्य गरेका थिए । ‘मैले काठमाडौंमा कुहिएर गन्हाइराको फोहोरको थुप्रोलाई फोहोर थुप्रो भनें,’ उनले प्रष्टिकरण दिँदै भनेका छन्- ‘सुनको थुप्रो भनिँन त्यसैले शुरु भयो फेसबुकवार’ सत्य बोल्दा यस्तै हुन्छ हाम्रो देशमा तर अन्ततः जीत सत्यकै हुन्छ !’

यो पनि…

काठमाडौंमा फोहोर देखेपछि हर्क साम्पाङले भने- प्रधानमन्त्री बस्ने सहरको त बिजोग रहेछ !

‘सलाम हर्क साम्पाङ’ सार्वजनिक (भिडियो)

प्रतिक्रिया सबै