३० असार २०८१, शनिबार Saturday 13 July, 2024

बैंक अफ काठमाण्डूका ग्राहकलाई मेरो स्टोरमा १० प्रतिशत छुट

 बिहिबार, भदौ १६ २०७९  

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया सबै