१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

गोरखा-१ मा प्रचण्ड सिफारिस

 शुक्रबार, भदौ १७ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

प्रचण्डले भने चितवन-३ बाट चुनाव लड्ने बताउँदै आएका छन् । शुक्रबार मात्रै पनि अधयक्ष प्रचण्डले आफू चितवन-३ मै उठ्ने बताएका छन् । शुक्रबार बिहान सुर्खेत पत्रकारहरुसँग उनले भने, ‘म चितवन-३ बाटै चुनाव लड्ने छु ।

तर, यसैबेला माओवादी केन्द्र गोरखाले अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए ।

गोरखाको क्षेत्र नम्बर-२ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन् । २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए ।

माओवादी गोरखाका नेताहरूले भने बाबुराम गोरखा-२ मा उठ्नभन्दा पनि सत्ता गठबन्धनलाई फाइदा पुग्ने गरी देशका अन्य क्षेत्रमा चुनाव उठ्नुपर्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया सबै