८ असार २०८१, शुक्रबार Friday 21 June, 2024

राष्ट्रिय सभा अध्यक्ष र चिनियाँ नेता वाङबीच वार्ता, हवाइ सेवा र नाका सञ्चालनबारे छलफल

 शुक्रबार, भदौ १७ २०७९  

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनताको राजनीतिक परामर्शदातृ सम्मेलनको १३औँ राष्ट्रिय समिति (सीपीपीसीसी)का अध्यक्ष वाङ याङबीच भर्चुअल माध्ययमबाट वार्ता भएको छ ।

शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पोलिटिकल ब्यूरोका स्थायी कमिटी सदस्यसमेत रहेका याङबीच भर्चुअल माध्यमबाट भएको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै बताए ।

आगामी १६ अक्टोवरमा हुन गइरहेको चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय कंग्रेसको सफलताको शुभकामना व्यक्त गर्दै भने- ‘चिनियाँ कम्युनिष्ट पार्टीको २०औं राष्ट्रिय कंग्रेसले आगामी पाँच वर्षका लक्ष्य एवं कार्यदिशा तय गर्ने भएकोले नेपाल र नेपाली जनताको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि सम्पूर्ण चिनियाँ जनताको लागि सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।’

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आजको भर्चुअल बैठकले थप मजबुद बनाउने विश्वास लिएको उल्लेख गरे । कोरोना महामारी र बाढी पहिरोका कारणले नेपाल र चीनको व्यापारमा अबरोध भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले तातोपानी र रसुवागढी लगायतका नाकाहरु नियमित सञ्चानल हुने बताए ।

दुई देशबीच सम्बन्धलाई प्रगाढ बनाउन उच्च स्तरीय भ्रमण आदान-प्रदान बढाउनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले अध्यक्ष वाङ्गलाई नेपाल भ्रमणको निमन्त्रणा गरे । उनले सीपीपीसीसी र नेपालको राष्ट्रिय सभाबीचको सहकार्य तथा सम्बन्ध बिस्तारमा प्रतिबद्ध रहेको उनले बताए ।

सो अवसरमा सीपीपीसीसी अध्यक्ष वाङ्गले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा अरनिको र भृकुटीका समयदेखि सुमधुर तथा कुटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गरे ।

दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभ लगायतका सम्झौताको कार्यन्वयनमा जोड दिनुपर्ने उनले बताए । उनीहरूले दुई देशको सरकार र संसदबीच सहकार्यका लागि आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया सबै