९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

बेलकामा एकै परिवारका ३ जनाको हत्या

 शुक्रबार, भदौ १७ २०७९  

काठमाडौं । उदयपुरको बेलका नगरपालिका-७ का एकैपरिवारका तीन जनाको हत्या भएको छ । राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको हो ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति रहेको उनले बताए ।

बेलकाका मेयर अशोक कार्कीले घटनास्थल नगरपालिकाको विकट क्षेत्रमा पर्छ । बिहान ११ बजेको घटना रहेको उनले बताए । टुक्रा-टुक्रा पारेको अवस्थामा शव भेटिएको उनले बताए । प्रहरीले संकलन गरेर एकठाउँमा राखेको उनले बताए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने आशंका गरेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै